काठमाडौं । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सर्वोच्चमा देखिएको विवादले सेवाग्राहीको न्याय पाउने अधिकार कुण्ठित भएको बताएका छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बैठकपछि पत्रकारसँग भने,‘विवाद नटुङ्ग्याउँदा जनताको न्याय पाउने अधिकार कुण्ठित हुँदै छ। सेवाग्राहीले न्याय नपाउँदाको परिस्थितिमा उनीहरूको सरोकार सरकारको पनि सरोकार हुन्छ ।’
स्वतन्त्र न्यायपालिकाभित्र देखिएको समस्यामा सरकार प्रवेश गर्न नमिल्ने भन्दै उनले अदालतभित्रै समस्याको समाधान खोज्नुपर्ने बताए । ‘स्वतन्त्र न्यायपालिका भित्रकै समस्या हो, यसलाई न्यायपालिकाभित्रकै सम्बद्ध पक्षले समाधान गर्नुपर्छ।’ उनले भने ।
प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने माग राख्दै नेपाल बार एशोसिएशनले बिहिबार अदादत परिसरमै प्रदर्शन गरेको छ ।




