राजनीति

एमसीसी अहिलेकै अबस्थामा कार्यान्वयन हुनसक्दैन– नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितीमा एमसीसी स्वीकार गर्न नसक्ने बताएका छन् ।

राष्ट्रिय सार्वभौमिकताविपरितका प्रावधानहरु नसच्याई एमसीसी सम्झौता कार्यान्वयन गर्न नसक्ने भन्दै उनले माओवादी केन्द्रको आधिकारिक निर्णय समेत यही रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले एमसीसी सम्झौताका बारेमा देखिएका प्रश्न र त्यसको समाधानका लागि प्रयास गरिरहेको र त्यसका लागि केही समय आवश्यक रहेको पत्राचार गरेको भनेकै दिनमा नेता श्रेष्ठले भने अहिलेको अबस्थामा एमसीसी पारित गर्न नसक्ने भनेको हुन् ।

उनले भनेका छन्,‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित बिपरितका प्रवधानहरु नसच्याई यथास्थितिमा एम सि सि परियोजना नेपालले स्विकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न । यो नै हाम्रो पार्टी नेकपा (माओबादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो । त्यसैले कुनै भ्रममा नपरौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *