राजनीति

तोकिएको मितिमा महाधिवेशन हुने कांग्रेस वरिष्ठ नेता पौडेलको भनाई

धनुषा– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी मंसीर २४ गतेका लागि तय भएको महाधिवेशनको कार्यतालिकाअनुसार महाधिवेशन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यसपटक तोकिएकै मितिमा पार्टी महाधिवेशन हुने र अब महाधिवेशन कार्यतालिका कुनै पनि हालतमा हेरफेर नहुने बताए । उनले भने,‘यसपटक तोकिएको महाधिवेशन तालिकामा कुनै किसिमको फेरबदल हुँदैन । मङ्सिर २४ देखि २६ मै महाधिवेशन हुन्छ ।’

वरिष्ठ नेता पौडेलले पार्टी सभापति मधेसी समुदायबाट बने पनि फरक नपर्ने भन्दै त्यसको निर्णय गर्ने अधिकार भने कार्यकर्तामा रहेको समेत बताए । वरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सेटिङको आधारमा नभई संविधानको मर्म तथा विधि प्रक्रियाअनुसार नै प्रधानमन्त्री बनेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *