राजनीति

जनताका लागि शान्ति प्रक्रियामा आएको हुँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरको लागि र जनताको हितको लागि शान्ति प्रक्रियामा आएको बताएका छन् ।

सोमबार काठमाडौंमा नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेको पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया नेपाल टाइटज’को विमोचन कार्यक्रममा प्रचण्डले माओवादी हारेर आत्मसमपर्ण गरेको नभएर अन्य राजनीतिक दलहरु माओवादीको एजेण्डामा आएको बताएका हुन् ।

गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता केहीलाई मन नपरेको भन्दै उहाले माओवादीले ल्याएको परिवर्तनप्रति केहिको रिस देखिएको जिकिर गरे । नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र त्यसलाई चाहिने जति ‘रिक्गनाइज’ गर्न विश्वका शक्ति राष्ट्रहरुले कन्जुस्याइँ गरेको उहाले बताए । त्यस्तै उनले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताए । भारतीय पक्षले बुद्ध नेपालमा जन्मेका हुन् भन्दा र नेपाली पक्षले बुद्धले भारतमा बुद्धत्व प्राप्त गरेका हुन् भन्दा खुसी हुनुपर्ने उनले बताए ।

नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले पुस्तकमा नेपाल र भारतको बीचमा रहेको विशेष सम्बन्धको बिषयमा उल्लेख गरिएको बताए ।

२०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको समयमा राजदूत रहेका रेले पुस्तकमा नेपाल–भारत सम्बन्धका विभिन्न आयामका बारेमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *