राजनीति

माधवकुमार नेपाल एमाले विभाजनको मुख्य योजनाकार रहेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनको मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन् ।

एमालेको शुक्रबारबाट शुरु भएको विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले नवौं महाधिवेशनपछि माधवकुमार नेपाल विभाजनतर्फ लैजान शुरु गरेको आरोप लगाएका छन् । उनले माधवकुमार नेपाल समुह छाडेर एमालेमै फर्केका नेताहरुको भने प्रशंशा गरेका छन् ।

‘पार्टी एकता जोगाउनका लागि प्रर्दशित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरी छाडने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टी भित्रको अन्तरसंघर्षमा साथमा रहनुभएका अधिकांश कमरेडहरू त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनुभएको छ । यो स्वागतयोग्य निर्णय हो ।’ उनले भनेका छन् ।

अध्यक्ष ओलीले एमाले एकताका लागि माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुको समेत सकारात्मक योगदान रहेको भनेका छन् । एमाले विभाजनमा सभामुख, निर्वाचन आयोग र सर्वोच्च अदालत समेत सहयोगी देखिएको अध्यक्ष ओलीले आरोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *