राजनीति

ओलीले जारी गरेका अध्यादेश देउवाले संसदमा पेश गर्दै, एमालेले भने संसद चल्न नदिने

काठमाडौं । संसद बैठक शुक्रबारका लागि बोलाइएको छ ।

संघीय संसदको दुबै सदनको बैठक शुक्रबार बस्न लागेको हो । यसअघि अधिवेशनकै पहिलो दिन बुधबारको बैठक एमालेले अवरोध गरेको थियो । एमालेले बुधबार बसेका ३ वटै बैठक अवरुद्ध गरेको थियो । तर सरकारले भने एमालेको अवरोधका बिचमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको थियो ।

बुधबारको बैठक अवरुद्ध गरेको एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीका सांसदहरुलाई बैठकमा प्रवेश नरोकेसम्म संसद चल्न नदिने अडान अघि सारेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारले बजेट अध्यादेशसहित विनियोजन अध्यादेश समेत पेश गर्ने तयारी गरेको छ ।

शुक्रबारको बैठकमा समेत एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले जारी गरेका अध्यादेश पेश गर्ने कार्यसूची राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *