देश

जनजीवनको पक्षमा ठोस उपलब्धि हुन सकेन : नेता थापा

काठमाडौँ ।नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको जनजीवनको पक्षमा ठोस उपलब्धि हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै विश्वमा देखिएका अनेकौँ सङ्कटसँगै नेपालमा देखिएका समस्याको समाधानका पक्षमा सरकारको पहलकदमी कमजोर देखिएको बताए ।

उनले गत फागुन २१ गतेको निर्वाचनमा आफूहरूले भोगेको पराजयको स्वीकारोक्ति गरिएको तर आत्मसमर्पण नगरी त्यसलाई सिकाइका रूपमा लिने स्पष्ट पारे ।

एमाले संसदीय दलका नेता बादलले पर्याप्त आधारबिना पूर्व उच्चपदस्थ व्यक्तिहरूलाई पक्राउ गरिएकामा विरोध जनाउँदै सुशासन र पारदर्शिताका लागि घोषणा गरिएअनुसार काम नभएको आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *