देश

मन्त्रिपरिषद् बैठक सुरु, सचिव बढुवादेखि निजामती विधेयकसम्म छलफलको तयारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ ।

केहीबेरअघि सुरु भएको बैठकमा नियमित एजेन्डामाथि छलफल हुने बताइएको छ ।

बैठकमा रिक्त प्राविधिक सचिव पदमा बढुवा तथा संघीय संसद् सचिवालयमा हालै दर्ता भएको संघीय निजामती सेवा विधेयकको आगामी प्रक्रियाबारे समेत छलफल हुने चर्चा छ ।

यद्यपि यी विषय आजको बैठकको औपचारिक कार्यसूचीमा समावेश भए–नभएको भने पुष्टि भइसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *