राजनीति

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक कार्तिक २८ गते शुक्रबार बस्ने भएको छ । यसअघि २७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी समयसीमा तोकिएको थियो ।

पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्नेछ । विशेष कारणले बैठक एक दिनपछि धकेलिएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *