काठमाडौँ । हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि खोज तथा उद्धारमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले थप दुई जनाको शव फेला पारेको छ।
एसोसिएसनका अनुसार आइतबार खोजीका क्रममा छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो। आजको खोजीका क्रममा वीरेंद्र गुरुङ र घनश्याम राईको शव पनि फेला परेको हो।
हिमपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। मौसम र अवस्था अनुकूल रहे थप ३ देखि ४ घण्टासम्म खोजी कार्यलाई निरन्तरता दिने एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अनुसार हिमपहिरोमा अझै १० जना बेपत्ता छन्। आइतबार गएको हिमपहिरोमा किचन स्टाफतर्फ १४ जना र दुई जना आरोहण गाइड बेपत्ता भएका थिए।




