काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू गत निर्वाचनमा पराजयको जिम्मेवारी लिने तर पार्टी अध्यक्ष पदबाट कुनै पनि हालतमा पछि नहट्ने अडानसहितको विज्ञप्ती सावजनिक गरेका छन् । अध्यक्ष ओलीलाई पार्टीको अध्यक्षबाट हराउनका लागि पार्टीभित्र आन्तरिक द्वन्द्व जारी रहेका बेलाा ओलीले लिएको अडानले पार्टीभिब पुनः बहस चल्न थालेको छ । तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी गरिएको अपानिमा पार्टीको हारलाईको विषयमा विश्लेषण गरेरअघि बढ्नुपर्ने विश्लेषण समेत गरिएको छ ।
अपानीमा उल्लेख गरिएको छ – ‘हार बाह्य प्रहारको मात्र परिणाम होइन, हार हाम्रो आन्तरिक कमजोरीको परिणाम पनि हो । तर हार अध्यक्षको व्यक्तिगत असफलता होइन,’ अपानिमा लेखिएको छ, ‘यो सिंगो पार्टी संरचना, समयको मनोविज्ञान, बाह्य बातावरण, डिजिटल आक्रमण, चुनावी अवस्था र हाम्रा संगठनात्मक कमजोरीहरुको संयुक्त परिणाम हो ।’
ओलीले पार्टीलाई कम्जोर बनाउने र विवाद सिर्जना हुने किसिमका कुनै पनि दोषारोपण नगर्न समेत नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिएका छन् ।




