देश

सांसदहरूले उठाएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍यो : प्रमुख सचेतक राई

काठमाडौँ। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संसद्मा उठाइएका राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै प्रमुख सचेतक राईले आफूहरूले संसद्मा उठाएका राष्ट्रिय मुद्दालाई सरकारले पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।

उनले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था भनिए पनि लाखौँ रुपैयाँ तिरेर विदेश जानुपर्ने अवस्था रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयनतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख सचेतक राईले मुलुकका विभिन्न जिल्लामा देखिएको बाँदर आतङ्कका विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराए पनि बाँदर नियन्त्रण तथा व्यवस्थापनका लागि प्रभावकारी योजना बनाएर कार्यान्वयन नगरिएको गुनासो गरे ।

त्यस्तै, नदी तथा खोला आसपासको अव्यवस्थित बसोबास र सुकुमवासी समस्या समाधानका लागि पनि सरकारको पर्याप्त ध्यान नपुगेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *