काठमाडौं । देशको राजधानी काठमाडौँमा मंगलबार आयोजना गरिएको जेनजी आन्दोलनका सहिदको सम्झनामा आयोजित कार्यक्रममा एक जना धर्म गुरुको उपस्थित भएपछि सो कार्यक्रम नै विवादित बन्यो । सहिदको सम्झनामा आयोजना गरिएको कार्यक्रम राजधानीको नयाँ बानेश्वरमा संचालन गरिएको थियो । विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति (विजय भण्डारी) र श्रीनिवास आचार्यले सहभागिता जनाएका थिए । त्यसपछि सो कार्यक्रम नै विवाद बनेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
उक्त कार्यक्रममा कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथि का रूपमा उपस्थित थिए । यस्तै कानुन मन्त्री सोबिता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, पूर्वाधार मन्त्री सुनिल लम्साललगायतले कार्यक्रममा उपस्थिती जनाएका थिए । मन्त्री भन्दा अगाडीको सिटमा बसेका विवादित धर्मगुरुहरुमाथि किन आलोचना भयो ? रास्वपा सांसद अमरेश कुमार सिंह र महामन्त्री विपिन आचार्यले समेत सो विषयमा प्रश्न उठाएका छन् । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’को आयोजनामा भएको स्रोतले जनाएको छ ।
संस्थाका कार्यकारी सचिव रोशन गौतमले कार्यक्रममा सबैलाई समेट्ने प्रयास विवादको समस्या सिर्जना भएको प्रष्टिकरण दिएका छन् । उनले भने,‘ सबै धर्म, सबै सम्प्रदायका मानिसहरूलाई समेट्न खोजेका हौं । विशेषगरी धर्मगुरुहरूले शान्तिको सन्देश दिनुहुन्छ भनेर बोलाएका थियौँ,’ तर व्यवस्थापनमा मञ्चमा कम्जोरी भयो , त्यो हाम्रै कम्जोरी हो ।’
उनले सबै धर्मलाई समेट्ने उदेश्यका साथ बौद्ध, इसाई र इस्लाम धर्मगुरुहरूलाईको विषयमा आफू अनविज्ञ भएका कारण पत्रकार सम्मलेन गर्न लागेको बताएका छन् । धार्मीक गुरु अपराधसँग जोडिएको नहुनुपर्ने भनेर आफूहरुले उनलाई सो कार्यक्रममा बोलाएको बताए । ‘ हामी यो विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौँ, उनले भने ।




