देश

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि विदुरमा

नुवाकोट। प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति तथा खोज र उद्धार कार्यको अवस्थाबारे जानकारी लिन आज नुवाकोटको विदुर आइपुगेका छन्।

प्रधानमन्त्री शाह सडकमार्ग हुँदै विदुर पुगेका हुन्। उनी हाल विदुर नगरपालिकास्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’मा सहभागी छन्।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी छन्।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले प्रधानमन्त्रीसहितको टोलीलाई बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोज तथा उद्धार कार्य र प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराइरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *