देश

मास्टर्नी’ चलचित्रको विवादित गीत तत्काल बन्द गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रको प्रमोसनल गीत तत्काल बन्द गर्न माग गरेको छ ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले एक विज्ञप्ती जारी गर्दै उक्त गीतमा प्रयोग भएका अमर्यादित शब्दहरू हटाउन वा तत्काल बन्द गर्न माग गरेको हो ।

महासंघले जारी गरेको विज्ञप्तीमा शिक्षक र शिक्षण पेशाको अपमान गरेको उल्लेख छ । गीत हटाउन ढिलाइ भएमा उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं निर्माता र कलाकारमा समेत अफ्ठ्यारो पर्ने चेतावनी समेत महासंघले दिएको छ । सो भिडियोमा प्रदर्शन गरिएको गितमा महिलालाई सेक्ससँग दाँजिएपछि महासंघले गम्भिर आपत्ति जनाएको हो ।

उक्त गीतले शिक्षक र शिक्षण पेशाप्रति गम्भीर प्रहार गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले बताएका छन् । उक्त गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासंघलेले चेतावनी दिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *