देश

नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद् हलबाट बाहिरिए प्रधानमन्त्री बालेन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै बेला प्रधानमन्त्री बालेन्द्र शाह बैठक हलबाट बाहिरिएका छन्।

सोमबार बसेको संयुक्त संसद् बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहेका समयमा प्रधानमन्त्री शाह बीचमै बाहिरिएको दृश्यले सांसदहरूबीच चासो उत्पन्न गरेको थियो।

प्रधानमन्त्री किन बाहिरिए भन्नेबारे तत्काल औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। राष्ट्रपति पौडेलले भने निर्धारित कार्यक्रमअनुसार नीति तथा कार्यक्रम प्रस्तुत गरिरहे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *