देश

बाँकेमा मतदाता नामावली दर्तामा युवा सहभागिता उत्साहजनक

नेपालगञ्ज। बाँके जिल्लामा फोटोसहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ। हालसम्म चार हजार १९३ जना नयाँ मतदाता थपिएका छन् भने निर्वाचन कार्यालयमा दैनिक करिब दुई सय जनाले नाम दर्ता गराउँदै आएका छन्।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार, नाम दर्ता गराउनेमध्ये करिब ६० प्रतिशत युवा पुस्ता रहेका छन्।

बाँके जिल्लामा हाल तीन लाख ३३ हजार ९३४ मतदाता छन्। यसमध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य रहेका छन्।

मतदाता दर्ता अभियानले स्थानीय युवामाझ मतदान प्रक्रियाप्रति सचेतना बढाउन र आगामी निर्वाचनमा सहभागिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *