देश

किष्ट अस्पतालमा गर्भवतीको मृत्युपछि आक्रोश, सुरक्षा व्यवस्था कडा

काठमाडौं । किष्ट अस्पतालमा खोटाङकी एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त र स्थानीयबासी आक्रोशित बनेका छन् । अस्पतालको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै उनीहरूले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।

प्रदर्शन नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले अस्पताललाई घेरेर राखेको छ भने बाहिर मृतकका आफन्त र परिवारजनहरू भेला भएका छन् ।

घटना कात्तिक ७ गते घटेको हो । आफन्तहरूले अस्पतालले संवादका लागि समेत पहल नगरेको गुनासो गरेका छन् । आक्रोशित भीडले हिजो अस्पताल परिसरमा सामान्य तोडफोड पनि गरेको प्रहरीले जनाएको छ ।

यस घटनापछि स्वास्थ्य सेवामा देखिएको लापरबाही र उत्तरदायित्वबारे पुनः प्रश्न उठेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *