देश

प्रतिनिधिसभा विघटन गरी सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको छ ।

आज (शुक्रबार) दिनभर चलेको उच्चस्तरीय राजनीतिक छलफलपछि कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र प्रतिनिधिसभा विघटन गर्ने विषयमा सहमति भएको हो ।

सरकार गठनको विषयमा लामो समयदेखि जारी राजनीतिक अन्योलता चिर्दै आकस्मिक सहमति जुटेको हो ।

स्रोतका अनुसार, बेलुकीभित्रै प्रतिनिधिसभा विघटनको सिफारिस हुने र त्यसपछि कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाइनेछ ।शीतल निवासमा वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार आजै राति ८:४५ मा कार्कीलाई शपथ खुवाउने तयारी छ ।

शित्तल निवासमा भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने र शित्तल निवासमै बस्ने मन्त्रीपरिषदको पहिलो बैठकले संसद विघटन र निर्वाचनको मिति तोक्ने निर्णय गर्ने सहमति भएको छ । त्यसपछि त्यसलाई राष्ट्रपतिले आजै स्वीकृत गर्ने सहमति भएको छ । कार्कीले जेनजी समुहसँगको छलफलमा आज तीन सदस्यीय मन्त्रिपरिषद बनाउने बताइएको छ र मन्त्रिपरिषदका अन्य सदस्यको नाम गोप्य राखिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *