थियानजिन। साङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीनको थियानजिन शहर आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको हो ।
राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।




