देश

प्रचण्डसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले अध्यक्ष निवास खुमलटारमा अध्यक्षसंग भेट गरेका हुन् । भेटमा नेपाल -भारत -द्विपक्षीय हितका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *