देश

मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको छ ।

लामाले आफ्ना सचिवालय सदस्य छत्र लामामार्फत प्रदेश प्रमुखको प्रमुख स्वकीय बलराम गैरेलाई राजीनामा पत्र बुझाएका छन् ।

प्रदेश प्रमुख दिपक देवकोटा उपचारपछि सोमबार हेटौँडा फर्केका छन् । उनी निवासमा आराम गरिरहेका छन् । मुख्यमन्त्रीको राजीनामा पत्र प्राप्तपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *