देश

स्वास्थ्यमा उल्लेख्य सुधारपछि प्रदेश प्रमुख देवकोटा अस्पतालबाट फर्किए

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा सुधार भई अस्पतालबाट डिस्चार्ज गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौँमा भर्ना भएका थिए ।

उपचारपश्चात स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको हो। प्रदेश प्रमुखको तर्फबाट प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख देवकोटाको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *