देश

नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीश भट्टको इजलासमा साक्षीको बकपत्र

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा आज साक्षीको बकपत्र भइरहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासमा साक्षीको बकपत्र भइरहेको हो। साक्षीको बकपत्र सकिएपछि अन्तिम सुनुवाइ अघि बढ्नेछ ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृह सचिव टेकनारायण पाण्डे, संविधानसभा सदस्य तथा कांग्रेस नेता आङवा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्दीप रायमाझी,टंक कुमार गुरुङ लगायतविरूद्व मुद्दा दायर गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *