काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको अधिवेशन सुचारु र विवादरहित बनाउने उद्देश्यले देशभरका सबै ७७ जिल्लामा केन्द्रीय पर्यवेक्षक तोकेको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार यो निर्णय पार्टी विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार गरिएको हो। पर्यवेक्षकहरूले जिल्ला कार्यसमिति, स्थानीय प्रतिनिधि र प्रदेश पदाधिकारीसँग समन्वय गर्दै अधिवेशनको तयारी, अनुगमन र सहयोग गर्ने जिम्मेवारी पाएका छन्।
साथै, पार्टीभित्र पारदर्शिता कायम गर्न भ्रष्टाचारविरोधी कार्यक्रम सञ्चालन, पार्टी प्रवेश अभियान सञ्चालन तथा आगामी आन्दोलनको तयारीमा पनि उनीहरू सक्रिय हुनेछन्। श्रेष्ठले सबै पर्यवेक्षकलाई तत्काल काम थाल्न र नियमित रिपोर्ट पार्टी नेतृत्वमा बुझाउन निर्देशन दिएका छन्।






