देश

कारबाहीमा परेकी रञ्जिताद्वारा संसदीय दलका नेतालाई स्पष्टीकरण

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको भोलिपल्ट संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् ।

श्रेष्ठले बिहीबार विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समिति बोलाएको भन्दै चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र लेखेकी छन् ।

उनले आफ्नो अनुपस्थितिमा र बिना जानकारी साउन ३, ९ र ११ गते पार्टीको अन्तरिम विधान, २०७८ को अधिकार क्षेत्र नाघेर चौधरीले बैठक बसी गैरकानुनी निर्णय गरेको पत्रमा उल्लेख गरेकी छन् । श्रेष्ठले यो स्पष्टीकरण पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि पठाएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *