देश

प्रधानमन्त्री तुर्केमिनिस्तान जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली तुर्केमिनिस्तान जाने भएका छन्।

आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही साउन १८ गते तुर्केमिनिस्तान जान लागेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘हिमालमाथि प्रतिकूल असर भइरहेको छ यसलाई बचाउन चुनौती छ। सगरमाथा संवाद गर्‍यौँ विश्वको ध्यान खिच्यौँ। अस्तिभरखर पनि म स्पेन गएँ यीनै विषयमा, साझा विषयमा कसरी सँगै लड्ने भनेर धाराणा राख्यौँ। फेरि तुर्केमिनिस्तान जाँदैछु। सायद यही १८ गते।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *