देश

मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट आङ छिरिङ शेर्पा सम्मानित

काठमाडौं। मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट आङ छिरिङ शेर्पा सम्मानित भएका छन् ।

शनिबार मदन भण्डारी फाउण्डेसनले जननेता भण्डारीको ७४औं जन्मजयन्तीमा जलवायु परिवर्तका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै शेर्पालाई सम्मानित गरेको हो । शेर्पालाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो ।

४७ वर्षीय शेर्पा वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् । पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङ गाउँका बासिन्दा हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *