राजनीति

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची रहेको छ ।

एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *