देश

नेपालले मानिस बाहेक अरु निर्यात गर्न सकेन : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको बताएका छन् ।

काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२÷८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उले यस्तो बताएका हुन् ।

उहाँले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताए । उनले नेपाल आयातमा निर्भर रहेको भन्दै आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्ने बताए । सभापति देउवाले उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने बताए ।

व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गर्दै आफूहरु सहयोग गर्न तयार रहेको बताए । उनले नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिने बताए ।

पहाडमा वृक्षारोपण गर्न र पहाड बचाउन जरुरी रहेको बताए । नेपाललाई हराभरा बनाउन जरुरी रहेको बताए । ‘बोर्डरमा धेरै दुःख दिनु हुँदैन, नेपालीहरुलाई । खासगरी उपभोक्ता मान्छे बोहक केही निर्यात नै छैन यहाँबाट । त्यस्तो अवस्था छ । अरु केही निर्यात गर्नै सकेका छैनौँ । आयातमा भर पर्नुपर्ने कुरा छ’ उनले भने ।

सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नबुझेको बताएका छन्।कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताएका हुन्।

उनले नेपाल-भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाई गर्न जरुरी रहेको धारणा राखे। सभापति देउवाले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकिछिपी ल्याउने काम बन्द हुने उल्लेख गरे।

उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनिकरण गर्नुपर्ने धारणा राखे।

उनले उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे।सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमालहरु नाङ्गो भइसकेको बताए । उनले नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताए ।

हिमाल बचाउन महत्वपूर्ण कदम चाल्नुपर्ने बताए । जलवायु परिवर्तनका कारण नेपाल धेरै ठूलो समस्यामा पर्ने जिकिर गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमानेपनि अरु सबै देशले जलवायु न्युनिकरणका लागि काम गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *