राजनीति

महामन्त्री थापाको आह्वान– ‘जनविश्वासमा टेकेर गणतन्त्र सुदृढ बनाऔं’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवसको शुभकामना दिदै महामन्त्री थापाले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक रहेको बताएका हुन् ।

उनले असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो रहेको बताउदै सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बन्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्-

गणतन्त्र दिवसको शुभकामना ! जनआन्दोलनको ऐतिहासिक उपलब्धिका रूपमा स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रको १८ वर्षे यात्रामा अपेक्षित परिवर्तनका लागि अझ धेरै सुधार र प्रतिबद्धता आवश्यक छ ।

असन्तुष्टिका बीच पनि आशा र सम्भावनाको उज्यालो बाटो छ। सेवा, उत्तरदायित्व र जनविश्वासको आधारमा गणतन्त्र सुदृढ बनोस् । लोकतान्त्रिक मूल्य र जनआकांक्षाका पक्षमा हामी सबै एकजुट बनौं।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *