काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेपछि उनलाई चोट लागेको सचिवालयले जनाएको छ ।
उनकी निजी स्वकीय सचिव छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनकी छन्- ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्ने सबैमा धन्यवाद।’




