राजनीति

जनमत–नाउपा एकता समीक्षापछि मात्रै नयाँ मिति तय हुने

काठमाडौं । रेशम चौधरीको अप्रत्याशित गिरफ्तारीपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकता प्रक्रिया रोकिएको छ। अब यो एकता कहिले टुंगिन्छ भन्ने कुरा समीक्षा रिपोर्टपछि मात्रै तय हुने भएको छ। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार, “सहमतिमा दुवै पार्टी प्रतिबद्ध छन्। तर अहिलेको परिस्थितिमा समीक्षा आवश्यक छ। रिपोर्ट आएपछि संयुक्त बैठक बसेर नयाँ मिति तय हुनेछ।”

बुधबार दुवै पार्टीबीच एकता घोषणा हुने तय थियो। तर कार्यक्रम स्थलमै चौधरीलाई सर्वोच्च अदालतका एक अधिकृत महिमानसिंह विष्टको अनधिकृत पत्रका आधारमा प्रहरीले पक्राउ गरेपछि कार्यक्रम स्थगित भएको थियो।

यो घटनाले एकताको प्रक्रिया असहज बनाएको जनमत पार्टीको भनाइ छ। अब समीक्षापछि मात्र दुवै पार्टीले नयाँ रणनीति तय गर्ने र एकताको औपचारिकता प्रदान गर्ने तयारी गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *