राजनीति

१५ असारभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति

काठमाडौं । आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले प्रतिवद्धता व्यक्त गरेका छन् ।

एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले संयुक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेपाल शिक्षक महासंघले करिब एक महिनादेखि जारी राखेको आन्दोलन र विगतमा भएका सहमतिलाई ध्यानमा राखेर आफूहरुले विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गरेको संयुक्त प्रतिवद्धतामा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *