देश

प्रतिनिधिसभा बैठक सुरू हुने बितिक्कै प्रतिपक्षी दलको बिरोध

काठमाडौं। प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन् ।सोमबार संघीय संसद् सचिवालयमा दर्ता गराएको चिकित्सक र शिक्षकको आन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा नराखेको भन्दै बिपक्षी दलहरूले बिरोध जनाएका हुन् ।

सो बिरोध पछि सभामुख देवराज घिमिरेले बस्न भन्दा पनि विपक्षी सांसदहरू बस्न नमानेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न दिए ।

शिक्षक र चिकित्सकआन्दोलनबारे दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा राख्न  माग गरेको तर सभामुखले नमानेको पाण्डेको आरोप थियो । उनले आजको कार्यसूचीमा सो प्रस्ताव राख्न माग गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *