राजनीति

शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले विद्यालय शिक्षा विधेयकसम्बन्धीको कामलाई प्राथमिकता दिई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले विगत २६ दिनदेखि आन्दोलनरत शिक्षकहरूलाई वार्ता र सहमतिका माध्यमबाट कक्षाकोठामा फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद गङ्गाकुमारी बेल्बासेले शिक्षकका जायज मागलाई वार्ताको माध्यमबाट समाधान गरी विद्यालय शिक्षासम्बन्धी विधेयकलाई शीघ्र सदनमा प्रस्तुत गर्नुपर्ने बताइन्।

सांसद गोपीबहादुर अछामीले शिक्षकका मागलाई वार्ताबाटै टुङ्ग्याउन आग्रह गर्दै लघुवित्त पीडित र सहकारी पीडितका समस्या समाधानमा पनि सरकारले ध्यान दिनुपर्ने बताए।

सांसद मायाप्रसाद शर्माले चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राखी आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्काउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

सांसद सुमित्रा बिसीले तीन प्रदेशलाई जोड्ने भुरीगाउँ–तेलपानी सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराइन्।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *