काठमाडौं । तिनकुने घटनामा हाल हिरासतमा रहेका राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी गरिएको छ ।
क्यान्सर रोगबाट पिडित रहेका महामन्त्री राणाले भारतको मुम्बईमा उपचार गराइरहेका छन् । उनी गत पुसमा मात्र भारतमा उपचार गरेर फर्किएका थिए ।
गृह मन्त्रालय स्रोतका अनुसार राणालाई उपचारको फलोअपका लागि जान दिने र फर्केपछि कानुनी कारवाही गर्ने गरि छोड्ने तयारी गरिएको छ ।
चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ राणासहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई प्रहरीको पक्राउ गरेको थियो ।




