राजनीति

रास्वपाद्वारा महाधिवेशनको नयाँ मिति घोषणा, फागुनमा चितवनमा हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसन २०८२ फागुनमा हुने भएको छ ।आज बसेको केन्द्रिय कार्यसमितिको बैठकले २०८२ फागुन ७–९ गते चितवनमा गर्ने निर्णय गरेको हो ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।उनका अनुसार जसका लागि २०८२ असोज भित्र वडा अधिवेशन, कार्तिकभित्र पालिका अधिवेशन, मङ्सिरभित्र जिल्ला अधिवेशन र माघ १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्ययोजनासमेत तय गरेको छ।

उनका तलवाट सुरू गरिएका अधिवेशनहरू सम्पन्न भएपछि फागुन ७–९ मा राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *