काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन्।बुधबार काठमाडौंमा भएको शिक्षकहरूको प्रदर्शन शान्तिपूर्ण रहेकोमा उनले प्रशंसा गर्दै भने, हामीले जरिवाना खोजेका होइनौं, चेतना खोजेका हौं।
शिक्षकहरूले कुनै फोहोर नगरेको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएनन् भन्दै बालेनले यस्तै चेतनशील समाज निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए। सार्वजनिक सम्पत्ति पनि हाम्रै सम्पत्ति हो, यसलाई जोगाउनु पर्छ। यो चेतना विद्यार्थीहरूलाई पनि दिनुस्, उनले भने।
साथै, उनले विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्नेमा ध्यान दिन शिक्षकहरूलाई आग्रह गरे। गाउँगाउँमा सिंहदरबार भन्ने नारा मात्र नबनोस्, अधिकारका लागि काठमाडौं धाइरहनु नपरोस् भन्ने आशा छ, बालेनको भनाइ छ।




