देश

रजकको हत्याका दोषीमाथि छानबिन गराउने महामन्त्री थापाको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एभिन्यूजकर्मी सुरेश रजकको हत्याको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई छानबिनका लागि प्रतिबद्ध गराउने आश्वासन दिएका छन् ।

आज एभिन्यूज खबरमार्फत रजकको परिवारले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै महामन्त्री थापाले कार्यस्थलमै पत्रकारको ज्यान जानु गम्भीर विषय भएको बताएका छन् । उनले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतका लागि प्रधानमन्त्री तथा गृहमन्त्रीसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारले खबर संकलनका क्रममा रजकलाई जलाएर हत्या गरिएको घटनाको निष्पक्ष छानविन र दोषीलाई कठोर कारबाहीको माग राख्दै महामन्त्री थापाको ध्यानाकर्षण गराए ।

गत शुक्रबार राजावादी प्रदर्शनका क्रममा पत्रकार रजकको नृशंस हत्या गरिएको थियो । आज उनको शवपोष्टमार्टम गरी अन्त्येष्टि गर्ने तयारी गरिएको छ । यसैक्रममा, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले पीडित परिवारका माग पूरा गर्ने आश्वासन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *