राजनीति

पुर्वराजालाई जरिवानाको पत्र काटेर बालेनले त्रुटी गरे- कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेर मेयर बालेन शाहले त्रुटी गरेको बताएका छन् ।

सामाजिक संजालमा लेख्दै अध्यक्ष थापाले गलत ठेगानामा पठाइएको जरिवानाको पत्र जस्तो स्टन्ट भएको उल्लेख गर्दै मेयर बालेनबाट यस्तो त्रुटी कसरी भयो भनेर आफु अलमलमा रहेको उल्लेख गरेका छन् ।

उनले पत्रको भाषा पनि अशिष्ट र अमर्यादित रहेको उल्लेख गर्दै राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का नराखेको बताएका छन् । साथै थापाले महानगरले पत्र फिर्ता लिनु बुद्धिमानी हुने सुझाव दिएका छन् ।

उनले भनेका छन्-

तिनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ।’गलत ठेगानामा पठाईएको पत्र’ जस्तो “स्टण्ट” भयो । मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु । संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्विकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ । पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो । पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *