काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा राजावादी प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। शुक्रबार संसदको कामकाज सकेर घर फर्किने क्रममा बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि राजावादी प्रदर्शनकारीहरूले उनको गाडी रोकी आगो लगाएको परियारले बताएका छन्।
परियार भक्तपुरस्थित आफ्नै घर फर्किने क्रममा कर्फ्यु क्षेत्र छलेर भित्री बाटो प्रयोग गर्दै जाँदा आन्दोलनकारीहरूको समूहले गाडी रोकेर जलाएको उनले जानकारी दिए।
संसद्को काम सकेर घर फर्किंदै थिएँ। बालकुमारीमा पुगेपछि प्रदर्शनकारीहरूले गाडी रोक्न लगाए र आगो लगाए, परियारले बताए।
परियार चढेको बा.१३ च १३८२ नम्बरको गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ।
यस घटनापछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ भने हिंसात्मक प्रदर्शनमा संलग्नहरूमाथि कानूनी कारबाही अघि बढाइने बताइएको छ।




