देश

प्रतिनिधिसभाको बैठक अपराहन्न ३ बजेदेखि बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराहन्न ३ बजे बस्ने भएको छ ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएपनि समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको हो ।

प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुने नियम छ ।

समयमा बैठक संचालन हुन नसकेपछि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बैठक बस्ने जानकारी गराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *