देश

शिक्षा विधेयकमा जनप्रतिनिधिको सुझाव महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शिक्षा विभागको आयोजनामा भएको ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले नेपालमा शिक्षाको लहर विसं २००७ सालको क्रान्तिपछि आएकाले अब समयानुकूल शिक्षा दिन सक्नुपर्ने धारणा राखे। हाल शिक्षाको अधिकार स्थानीय तहमा रहेकाले शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरूले शिक्षा विधेयकमाथि स्थानीय तहका धारणा र सुझाव राखेका थिए। विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव शिक्षा विधेयकमा समेट्न विमर्श कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *