राजनीति

गोरखा क्याम्पसको छात्र संघ निर्वाचनमा समाजवादी मोर्चाको प्यानल विजयी

काठमाडौं। गोरखा क्याम्पसको छात्र संघ निर्वाचनमा समाजवादी मोर्चाको प्यानलले ठूलो बहुमत हासिल गरेको छ। माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी छात्र संघका उम्मेदवार सुलभ अम्गाईले सभापतिको पद जितेका छन्। उनले नेपाली कांग्रेस निकट नेविसंघका रचन परियारलाई ४८ मतले पराजित गरेका छन्।

अम्गाईले २०९ मत प्राप्त गरे भने परियारले १६१ मत पाएका छन्। यसैगरी, सचिव पदमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्मा निर्वाचित भएका छन्। उनले एमाले निकट अनेरास्ववियुका राजाराम बोहरालाई १९९ मतले पराजित गरेका छन्। बोहराले १७१ मत पाएका थिए।

कोषाध्यक्ष पदमा अखिल क्रान्तिकारीकी आयुषा अर्याल विजयी बनेकी छिन्। सदस्य पदमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन्। यी सबै उम्मेदवार अखिल क्रान्तिकारी छात्र संघका हुन्।

गोरखा क्याम्पसमा यसपटक छात्र संघ निर्वाचनमा समाजवादी मोर्चाको प्यानलले नेपाली कांग्रेस र एमाले निकटका छात्र संघहरूलाई पराजित गर्दै विजय हासिल गरेको छ। यसले क्याम्पस राजनीतिमा समाजवादी मोर्चाको प्रभाव बढेको देखाउँछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *