राजनीति

आर्थिक कार्यविधि विधेयकमा दफावार छलफल: योजना आयोगको भूमिकामा सांसदहरूको चासो

काठमाडौं। ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ माथि प्रतिनिधिसभामा दफावार छलफल भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

बैठकमा विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। दफावार छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले योजना आयोगको भूमिकालाई कमजोर बनाउन नहुनेमा जोड दिएका छन्।

सांसद प्रकाश ज्वालाले सांसदका चासोलाई संसद्ले सम्बोधन गर्नुपर्ने बताए। संशोधनकर्ता सांसदहरू मेटमणि चौधरी, भानुभक्त जोशी, सूर्यबहादुर थापा क्षेत्री, चित्रबहादुर केसी, प्रेम सुवाल, निशा डाँगी, विमला सुवेदी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, नारायणी शर्मा, रामकुमार राई, दुर्गा राई, छिरिङडण्डुप लामा भोटे, मनिष झा र शेरबहादुर कुँवरले संशोधन प्रस्ताव राखेका थिए।

उनीहरूले योजना आयोगको भूमिकालाई थप सशक्त बनाउनुपर्ने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *