देश

व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी संशोधन विधेयक प्रस्तुत

काठमाडौँ। प्रतिनिधिसभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पेश भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबारको संसद बैठकमा उक्त विधेयक प्रस्तुत गरेका हुन्।

अर्थमन्त्री पौडेलले विधेयकले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्ने स्पष्ट पारेका छन्। उनले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै विधेयकको उद्देश्यबारे जानकारी गराए।

सांसदहरू प्रभु साह, शेरबहादुर कुँवर, प्रेम सुवाल, रणेन्द्र बराली, चित्रबहादुर केसी र हितबहादुर तामाङले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका थिए। तर, संसदले बहुमतले ती विरोधका सूचनाहरू अस्वीकृत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *