देश

मन्त्रिपरिषद् बैठक आज साँझ ७ बजे, के-के विषयमा हुँदैछ छलफल?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बैठक आज साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।

बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछ। साथै, केही प्रशासनिक तथा राजनीतिक विषयमा समेत थप छलफल र निर्णय हुने सम्भावना रहेको  जनाएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयहरूबारे पनि समीक्षा हुने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *