राजनीति

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभामा विशेष सम्बोधन गर्ने

सुर्खेत।प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने भएका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललेको विशेष अनुरोधमा ओलीले फागुन २३ गते दिउँसो २ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आइतबार मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि अनुरोध पत्र हस्तान्तरण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *