काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको विकाससँगै त्यसलाई सही तरिकाले सदुपयोग गर्न नसक्दा देशव्यापी रूपमा अपराधजन्य गतिविधि बढिरहेको बताएका छन् । सञ्चार र विज्ञान प्रविधिको माध्यमले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगमा चिनाउन सहयोग गरे पनि प्रविधिको गलत प्रयोगले समाजमा विभिन्न किसिमका गतिविधिहरू बढाएको र त्यसले समाजमा द्वन्द्व निम्त्याएको भन्दै प्रधानमन्त्री ओलीले देशका आम नागरिकहरूलाई सामाजिक सञ्जाल र विज्ञान प्रविधिलाई सही तरिकाले सदुपयोग गर्न आग्रह गरेका छन् ।
बिहीबार काठमाडौँमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले डिजिटल युगमा सुचनाप्रविधिको गलत प्रयोगले अपराधीकरण गतिविधि बढेको भन्दै त्यसलाई सही तरिकाले प्रयोग गर्न नसके ठुलो समस्या आइपर्ने भन्दै सबैलाई सही तरिकाले विज्ञान प्रविधि र सुचनाप्रविधिको प्रयोग गर्न समेत आग्रह गरेका हुन् ।
भलाइ र मानवीय सुखका लागि प्रविधिको प्रयोग हुनुपर्नेमा प्रयोगकर्ताहरूले दुरुपयोग गर्न थालेपछि सामाजिक गलत प्रयोग र प्रचारले प्रदूषण फैलाएपछि अहिले त्यसको सिकारमा अपराधीहरू मात्र परेका छैनन् , असल नैतिकवान् व्यक्तिको छविमा समेत खोट लाग्ने गरेको छ । प्रविधिले सुविधा दिएसँगै यसबाट अनुचित लाभ लिन खोज्ने र अपराध गर्नेहरू पनि रहेको उनले बताए । अहिलेको समयमा सामाजिक सञ्चालनको गलत प्रयोगबाट विषय नै चुनौती भएको भएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले अहिले प्रविधि राज्य र समाजका लागी चुनौती भएको बताउँदै प्रविधिको सहायतामा सञ्चालित सामाजिक सञ्जालहरू सभ्य समाज र राज्यका समेत अवरोध भएको जनाए । समाजको खुसीका लागि पनि सामाजिक सञ्जालहरू बाधा बनिरहेको छ उनले भने,‘ ‘मानिसहरू क्षणी रूपमा खुसी भए पनि सामाजिक सञ्जालले समाजको खुसी खोसिरहेको छ ।’
प्रविधिको दुरुपयोगले सामाजिक अपराधहरू बढ्दै गइरहेकोप्रति चिन्ता गर्दै प्रधानमन्त्री ओलीले ‘विकास भए पनि बेथितिहरू धेरै आइरहेका स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई सही तरिकाले प्रयोग गर्न आग्रह गरेका हुन् बन्द गर्ने उद्देश्य भने होइन ।




